११ साउन, काठमाडौं–टीकाभैरवमा अवैध रुपमा पेट्रोलको कारोबार भइरहेको छ । ११० रुपैयाँ पर्ने पेट्रोल यहाँ पुग्दा १३० रुपैयाँ पर्छ ।
यहाँ पानीको बोतलमा खुलेआम पेट्रोल बिक्री भइरहेको छ । कान्तिपुर दैनिकल समाचार छापेको छ ।
मोटरसाइकल मर्मत गर्ने पसलमा पनि यसको खुला बिक्री भइरहे पनि प्रहरीले नियमन भने गर्न सकेको छैन ।