बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अनसन बसेको २७ औं दिनमा सरकार र डा. केसीबीच सहमति, आजै डा. केसीको अनसन तोडिदै

बिहिबार, साउन १० २०७५

काठमाडौं साउन, १०–
२७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ ।  बिहीबार दिउँसो सरकारी र केसी पक्षको वार्ताटोलीबीच भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपाका एक नेताले जनाए । 

केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।

सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेट्दैछन् । बिहीबारको वार्तामा भएको सहमतिबारे केसीलाई जानकारी गराउने र उनले सहमति जनाएमा हस्ताक्षर हुने सम्भावना रहेको वार्ता टोली सदस्य सुरेन्द्र भण्डारीले बताए । यद्यपि, सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन ।