बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुक्तिनाथ विकास बैंक र पोखरा विश्व विद्यालयबीच सम्झौता

बुधबार, साउन ९ २०७५

काठमाडौं साउन, ९–
मुक्तिनाथ विकास बैंक र पोखरा विश्व विद्यालय, स्कूल अफ विजनेसबीच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयवाट विविए, विआइ र एमविएमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने पाँच जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्तिी गर्ने, विभिन्न विभाग अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई इन्टर्नशीप गर्न अवसर प्रदान गर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदानप्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पश्चात शैक्षिक योग्यता हासिल गरी सकेपछि देखिने वेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्नेमा दुवै पक्ष विश्वस्त रहेकाछन् । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्व विद्यालयको तर्फबाट पोखरा विश्व विद्यालय, स्कूल अफ विजनेसका निर्देशक डा. रविन्द्र घिमिरेकोे हस्ताक्षर गरेका छन् ।