बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डा. केसीको बिषयमा कांग्रेसमा विवाद

बुधबार, साउन ९ २०७५

काठमाडौं साउन, ९–
 डा.गोविन्द केसीका मागका बारेमा कांग्रेस भित्र विवाद देखिएको छ । डा. केसीको मागमा आन्दोलन गर्ने या नगर्ने भन्ने बिषयमा सभापति देउवा र नेता वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो ।  पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले पार्टी भित्र छलफल नै नगरी एकलौटि ढंगले आन्दोलन थालेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

यो प्रकरणमा पार्टीमा कुनै छलफल नै नगरी पार्टीसभापति शेरबहादुर देउवालगायतका पदाधिकारीले मनोमानी निर्णय गरेको भन्दै विवाद भएको हो । 

पौडेलपक्षका एक नेताले जनाए अनुसार   ‘सडकदेखि सदनसम्मका आन्दोलन गर्ने घोषणा भन्नेमा पार्टीमा छलफल नै भएन, पदाधिकारीहरु बसेर एकैपटक आन्दोलनको घोषणा भयो’ यसमा हामीसँग कुनै छलफल गरिएन’ 

नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले यसवारे सभापति देउवालाई भेटेर असन्तुष्टि जनाइसकेका छन् ।

‘केसी प्रकरणमा यो हदसम्मको आन्दोलनमा जानु हुदैन भन्ने हाम्रो पक्षको भनाई थियो । बरु,सचेतनामुलक कार्यक्रम गर्न सकिन्थ्यो, जनतालाई अरु माध्यमबाट बुझाउन सक्नेगरी आन्दोलनमा जानुपथ्र्यो भन्ने हाम्रो धारणा हो तर त्यसो हुन सकेन’ सिटौला पक्ष निकट मानिने प्रदिप पौडेलले बताए । डा. केसीको समर्थन भन्दै कांग्रेसले सडक तथा सदन दुबैतिरबाट आन्दोलन थालेको छ ।