बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कृषि बिकास बैंक र सिडिएसबीच सम्झौता

मंगलबार, साउन ८ २०७५

  
काठमाडौं साउन, ८–
कृषि विकास बैंक र सिडिएसि विच निक्षेप सदस्यका लागि सम्झौता भएको छ । बैंकका अनुसार आईतबार दुुबै संस्थाका प्रमुुखहरुले शेयरधनहरुका लागि हितग्राही (डिम्याट) खाता खोल्न सक्ने स्वीकृती सहितको सम्झौता गरेका हुुन् ।
सम्झौताबाट कृषि विकास बैंकका करिब  दुुई लाख ५० हजार शेयरधनीहरु लगायत अन्य कम्पनीका शेयरधनीहरुले समेत बैंकमा हितग्राही खाता खोली सेवाको उपभोग गर्न सक्ने भएका छन् भने अर्को तिर ग्रामिण क्षेत्र समेत पूंजी बजारमा प्रत्यक्ष सहभागी भै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनिय योगदान पु¥याउने अपेक्षा समेत गरीएको छ । सम्भौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र  सिडिएसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले हस्ताक्षर गरेका छन् ।  
सम्झौता पश्चात कृषि विकास बैंक लि.का शाखाहरुमा हितग्राही (डिम्याट) खाता खोल्न सक्ने भएबाट धेरै भन्दा धेरै शेयरधनी महानुभावहरु यस सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिन्छ । उक्त अवसरमा  बैकका उप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्य, प्रताप सुवेदी, अरुण कुमार ढुगांना , ई बैकिङ्ग विभागका विभागीय प्रमुख श्री बासु अधिकारी, बजार तथा शाखा संचालन विभागका विभागीय प्रमुख  सुदिप दाहाल, ट्रेजरी विभागका विभागीय प्रमुख श्री कृष्ण नकर्मी , सूचना प्रविधिी विभागका शाखा प्रमुख उद्धव के.सी., ई बैकिङ्ग विभागका शाखा प्रमुख सरोज कुमार साह, बैंकका प्रबक्ता हिमलाल पौडेल र सामान्य सेवा विभागका शा.अ.तारा न्यौपाने समेतको उपस्थिती थियो । साथै सिडिएस एण्ड क्लियरिङ्गका कञ्चन सापकोटाको समेत उपस्थिती थियो ।