काठमाडौं साउन, ६–
राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । राजपाका नेता राजकिशोर यादवले सरकारले राम्रो काम गर्छ भन्ने विश्वासका साथ समर्थन गरे पनि सरकारले गलत काम गर्न थालेकाले समर्थन फिर्ता लिनुपर्ने अवस्था उत्पन्न हुन थालेको बताए ।
सरकार कमजोर हुँदै गएकाले समर्थन फिर्ता लिने विषयमा छलफल भइरहेको यादवले बताए ।
यादवले भने, ‘सरकारको यस्तै रवैया, अलोकतान्त्रिक चरित्र देखाइरहने, जनतालाई दिएको सपना पूरा नगर्ने हो भने समर्थन फिर्ता लिन्छौँ भनेर प्रधानमन्त्रीलाई सचेत गराएका छौँ । अब सरकार सुध्रिएन भने समर्थन फिर्ता लिने विषयमा निर्णय लिन्छौँ ।’ उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा पार्टी भित्र एक मत रहेको नेता यादवको दावी छ ।