बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओली सरकारकै सबैभन्दा ठूला गफाडी मन्त्रीको उपाधी पोखरेललाई

आइतबार, साउन ६ २०७५

६ साउन, काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन ।

मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस् केवल कुरा बढी र काम कम गर्नमै सीमित भएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

मन्त्री पदमा बहाली भएको करिब एक महिनापछि वैशाखदेखि असार महिनाभित्र गर्ने गरी जारी गर्नुभएको ३० बुँदे कार्ययोजना अधिकांश शुरु भएकै छैन, केही आंशिक शुरु भएको छ ।

३० बुँदे कार्ययोजनामध्ये झन्डै १५ वटा योजनाको प्रगति शून्य देखिएको छ ।