बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मनोजकुमार भट्टराईले पुनः सम्हाले प्राइम लाईफको नेतृत्व

बुधबार, साउन २ २०७५

काठमाडौं साउन, २–
मनोजकुमार भट्टराई पुनः प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा  नियुक्त भएका छन् । भट्टराईको चार वर्षे कार्यकाल सकिएपछि कम्पनीले पुनः उनलाई  चार वर्षका लागि नियुक्त गरेको हो ।
 असार पहिलो साता नै कम्पनीको सञ्चालक समितिले भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । कम्पनीको निर्णयमा बीमा समितिले साउन १ मा सहमति दिएको कम्पनी सचिव राजनप्रसाद अधिकारले सार्वजनिक गरेका छन् ।

भट्टराईले व्यवस्थापकीय नेतृत्व लिएपछि प्राइम लाईफ इन्स्योरेन्सले गति लिएको हो ।   बीमा र बैंकिङ क्षेत्रमा उनको  झण्डै तीन दशक लामो अनुभव रहेको छ ।