बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एकिकृत पार्टीमा समस्या रहेको प्रचण्डको खुलासा, के हो पार्टीमा देखिएको त्यस्तो समस्या ?

आइतबार, असार ३१ २०७५

काठमाडौं असार, ३१–
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीभित्र केहि समस्या भएको बताएका छन् ।   उनले पार्टी भित्र देखिएका समस्या सच्चयाउदै लगिने बताए  । प्रचण्डले पार्टीलाई कमजोर बनाउन केही शक्तिले चलखेल गरिरहेको उल्लेख गर्दै त्यसबाट सचेत हुन पनि नेता, कार्यकर्तालाई आह्वान गरे । आईतबार सहीद विष्णु चौलागाईँको समृतिमा  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहिदहरुको सपना खेर जान नदिने पनि बताए । उनले  सहीदहरुकै बलिदानको प्रतिफल स्वरुप मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्दै त्यो उपलब्धिलाई जोगाएर अघि बढने पनि बताए ।