बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कानुनमन्त्रीले यस्तो पत्र लेखेपछि तोडिन गंगामायाले आफ्नो अनसन, सरकारसँग दुई बुँदे सहमति

शुक्रबार, असार २९ २०७५

काठमाडौं असार, २९–
गत जेठ १५ गतेदेखि अनसनमा बसेकी गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् ।  सरकारले दुई बुँदे सहमति गरेपछि अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । त्यसअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।

पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।

तर, गंगामायाले यो १० दिनमा केही प्रगति भएन भने फेरि अनसन बस्ने चेतावनी दिएकी छिन् । 
गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।