मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सञ्चालनमा ल्याइयो ञेयरवेज बिउटी एकेडेमीझ, गौरी र प्रशान्तले गरे उद्घाटन

सोमबार, साउन १ २०८०

काठमाडौं – सुनधारा स्थित काठमाण्डौ मलमा शुक्रवारबाट सुन्दरताका पारखीहरुलाई मध्य नजर गर्दै हेयर वेज बिउटी एकेडेमीझ सञ्चालनमा आएको छ । अभिनेत्री गौरी मल्ल र अभिनेता प्रशान्त ताम्राकारको उपस्थितिमा हेयर वेज बिउटि एकेडेमीझको उद्घाटन गरिएको हो ।

प्रशान्त र गौरी मल्लले उद्घाटनमा रिबन काट्दै संस्थाकी संस्थापक रिना निरौलालाई सफलताको कामना गरेका थिए । लामो समयदेखी यसै पेसा (सौन्दर्यको क्षेत्र) मा आबद्ध रहँदै आएकी रिना निरौलाले आफ्नै लगानीमा मलको चौथो तलामा सो एकेडेमी सञ्चालनमा ल्याएकी हुन् । रिना सँगै निर्मला खतिवडाको पनि यस एकेडेमीमा लगानी रहेको छ ।

एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापन संगै ट्रेनिङ समेत सञ्चालन गरिने निरौलाको भनाइ छ । साथै, सञ्चालकको तर्फबाट अतिथिलाई बुके प्रदान गर्दै आफ्नो नयाँ काममा साथ दिएकोमा रिनाले धन्यवाद समेत ज्ञापन गरेकी थिइन ।