काठमाडौं । आज श्रावण महिनाको पहिलो दिन सोमबारे औँंशी परेकाले पनि विशेष फलदायी अत्यन्तै शुभ संयोग जुरेको छ । विशेषगरी नबोलेर स्नान गर्ने, कुल पितृको नाममा तर्पण गर्नाले सम्पूर्ण दोष बाट मुक्ति मिल्ने शास्त्रीय वचन रहेको छ ।
आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । काठमाडौंको पशुपतिनाथ लगायत शिव मन्दिरमा भिड लागको छ ।
आज साउने संक्रान्तिको दिन विशेषगरी साँझको समयमा घरको प्राङ्गणमा दीप, कलश, गणेश स्थापना गरि पूजागर्ने त्यसपछि कण्डारक देवताको पूजा गरी लुतो फाल्ने काम गर्नुपर्दछ ।
पूर्वीय गणना पद्धति अर्थात् ज्योतिषीय पञ्चाङ्गअनुसार श्रावण महिनामा पर्ने कर्टक संक्रान्ति र माघ महिनामा पर्ने मकर संक्रान्तिलाई धार्मिक तथा वैज्ञानिक दुवै हिसाबले महत्त्वपूर्ण दिनका रुपमा ब्याख्या गरिएको छ ।
आज साउने संक्रान्तिको दिन विशेषगरी साँझको समयमा घरको प्राङ्गणमा दीप, कलश, गणेश स्थापना गरि पूजागर्ने त्यसपछि कण्डारक देवताको पूजा गरी लुतो फाल्ने काम गर्नुपर्दछ ।
कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।