शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

मदिराले मातेकी किशोरीलाई कोठा लगेर बलात्कार गर्ने कोइराला कारागार चलान

शुक्रबार, असार २९ २०८०

काठमाडौं – ठमेलको चर्चित रात्रि क्लब एलओडीमा मदिराले मातेकी किशोरीलाई आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति जेल चलान भएका छन्।

जेल चलान हुनेमा कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइराला छन्। जिल्ला अदालत ललितपुरको आदेशपछि कोइराला जेल चलान भएका हुन्।

गत जेठ ३१ गते कोइरालाले एलओडीमा मदिराले मातेकी एक १५ वर्षीया किशोरीलाई सानेपास्थित आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए।

सामाजिक सञ्जालमार्फत चिनजान भएका साथीमार्फत किशोरी एलओडी क्लब पुगेकी थिइन्। एलओडीमा मदिराले मातेपछि कोइरालाले ती किशोरीलाई आफ्नो गाडीमा हालेर कोठामा लगेर बलात्कार गरेका थिए।