शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

शुक्रबार, असार २९ २०८०

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका–१४ घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार्की समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।