काठमाडौं – झापाको मेचिनगर नगरपालिका–१२ स्थित धाईजन चोकमा हाल नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय राजन बिकको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१ काजी पैनीमा को.१० प ९०१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ डांगी टोल बस्ने २२ वर्षीय नबिन चौधरीको मृत्यु भएको छ ।
धनकुटाको धनकुटा नगरपालिका–९ छिम्छुवामा को.६ प२१४९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई बिहीबार राति दुर्घटना हुँदा मोरसाइकलमा सवार चालक सहिदभूमी गाउँपालिका–१ सफाईधाप बस्ने ६५ वर्षीय नर बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालम धनकुटमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।