काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् ।
अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् ।
उनले आजै ४ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरू र दूतावासका कर्मचारीलाई भेट गर्ने बताइएको हो ।
यसअघि लुले २०७९ साउन १२ र १३ मा दुईदिने नेपाल भ्रमण तथा त्यसअघि २०७८ मंसिर १ देखि ४ सम्म चार दिने भ्रमण गरेका थिए।
भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा सम्पन्न गरेर नेपाल आउन लागेका सहायक विदेशमन्त्री लुले अन्य राजनीतिक दलका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाईएको छ ।