शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

शुक्रबार, असार २९ २०८०

काठमाडौ । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।

शुक्ररबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो ।

पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।

यस्तै राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।