बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपाको बैठकद्वारा नियमावली पारित, पार्टी चलाउन सहज हुने विश्वास

बुधबार, असार २७ २०७५

काठमाडौं असार, २७–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नियमावली पारित भएको छ ।  पार्टी सचिवालय बैठकले नियमावली पारित गरेसँगै  पार्टी सञ्चालनका लागि सहज हुनेछ ।

 नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का अनुसार   बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको सचिवालय बैठकले नियमावली पारित गरेको हो । 

बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ ।’

अब अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने श्रेष्ठले जानकारी पनि दिए । पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल हुँदै आएको छ ।