काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहालको निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालबाट पार्टी कार्यलय लगिएको छ । अस्पतालबाट जीवनसंगिनी दाहालको शव बाहिर निकाल्दा छोरी रेणु र गंगासँगै प्रधानमन्त्री दाहाल पनि थिए । दुई छोरीलाई अंगालो हाल्दै प्रधानमन्त्री दाहाल रोएका थिए । दुई छोरी रेनु र गंगासहित प्रचण्ड भावविह्वल अवस्थामा अस्पतालबाट निस्किएका थिए। छोरीहरु रेणु र गंगा पनि आमा गुमाउँदाको पीडामा रोएका थिए । त्यसबेला अस्पताल परिसरको माहोल अन्यन्त दुखत देएिको थियो ।
अहिले दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ ।
दिउँसो १ बजेसम्म पार्थीव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिकक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् ।