बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अचानक किन राजिनामा दिए कान्तिपुर र काठमाडौं पोष्टका प्रधानसम्पादकले ?

बुधबार, असार २७ २०७५

काठमाडौं असार, २७–
कान्तिपुर मिडिया ग्रुपको प्रकाशन कान्तिपुर दैनिक र द काठमाडौं पोष्टका प्रधानसम्पादकद्वय सुधिर शर्मा र अखिलेश उपाध्यायले  पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय कान्तिपुरका सम्पादक शर्माको व्यवस्थापन पक्षसँग शितयुद्ध चलिरहेको स्रोतको दाबी छ । कान्तिपुर मिडिया ग्रुपका प्रकाशक तथा अध्यक्ष कैलाश सिरोहियाले भारतीय प्रतिष्ठित पत्रिका टाइम्स अफ इन्डियाका रजनिशलाई अध्यक्षपछिको बरीयता दिँदै भित्र्याएपछि प्रधानसम्पादकद्वयले राजीनामा बुझाएका हुन् ।
  मिडिया ग्रुपले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्‍ने निर्णय गरेपछि कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र द काठमाडौं पोष्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले एक्कै पटक राजीनामा दिएका हुन् ।