शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

मनाङ एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौँ ल्याइयो(तस्वीरहरु)

मंगलबार, असार २६ २०८०

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर आज (मंगलबार) ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार साँझ शवहरु काठमाडौं ल्याइएको हो ।

मंगलबार बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ढल् ब्ःख् कलसाइन रहेको हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । सो हेलिकोप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरमा अन्तिम पटक सम्पर्क भएको र त्उसपछि सम्पर्कमा आउन सकेको थिएन ।

पछि लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टरबारे स्थानीयले खबर गरेका थिए । दुर्घटनामा परेको सो हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए । उनीहरु सबैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङ छन् । त्यस्तै मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन् । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।