शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मंगलबार, असार २६ २०८०

काठमाडौं – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुहीमा प्र.२–०३–०१८ प ९०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्सा बहुदधुरामाई नगरपालिका–९ बिश्रामपुर बस्ने २३ वर्षीय बिजय शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा ना.१ ज ५०३१ नम्बरको सुमोको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–७ बिसौलिया बस्ने २८ वर्षीय लाल मुखियाको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागलुङको बडिगाड गाउँपालिका–७ स्थित सडकमा कच्ची सडक खण्ड खन्न प्रयोग भएको जेसिबी डोजरको ठक्करबाट सोही ठाउँ बस्ने भान बहादुर घर्तीको छोरा १४ वर्षीय सुनिल घर्तीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।