काठमाडौं असार, २६-
नेप्से घट्ने क्रम घटेको छ । अघिल्लो दिन सोमबार १७ अंकले घटेको नेप्से आज मंगलबार शुन्य दशमलव पाँच अंंकले घटेर १२ सय पाँच दशमलव ९३ सिमित हुुन पुुगेको छ । सेन्सिटिभ भने आज शुन्य दशमलव १३ अंकले बढेर दुुई सय ५४ दशमलव छ अंकमा चढेको छ । आज एक सय ६० कम्पनीहरुको चार हजार चार सय ९३ वटा कारोबारमा आठ लाख ७६ हजार छ सय ११ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम २८ करोड ७९ लाख ७४ हजार चार सय ३१ रुपैयाँ पुुगेको छ ।
आज नौ वटा समुहको कारोबार हुँदा तीन वटाले कमाएका छन् भने छ वटाले गुुमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैक समुहको सुचक एक दशमलव ४५ अंकले बढेर एक हजार २१ दशमलव ८५ अंकमा पुुगेको छ भने कारोबार रकम १० करोड ४० लाख एक हजार रुपैयाँ पुुगेको छ । फाईनान्स र बीमा पनि आज कमाउने समुहमा परेका छन् । गुुमाउने समुहमा परेको बिकास बैक समुहको सुचक भने आज शुन्य दशमलव ४७ अंकले घटेर १४ सय १७ दसमलव ६५ अंकमा पुुगेकोमा कारोबार रकम एक करोड २९ लाख २६ हजार सात सय रुपैयाँ पुुगेको छ ।
जलबिद्युुत समुहको सुचक पनि दुुई दशमलव १५ अंकले घटेर १४ सय ५६ दशमलव १२ अंकमा पुुगेको छ भने कारोबार रकम एक करोड २४ लाख ८८ हजार चार सय रुपैयाँ पुुगेको छ । होटल, लघुबित्त, उत्पादनमुुलक र अन्य समुह पनि आज गुुमाउने समुहमा परेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ बरुण हाईड्रो पावर कम्पनी १५९ ७.४३
२ हाथ्वे फाईनान्स १३४ ५.५१
३ समता माईक्रो फाईनान्स १३७७ ३.७७
४ युनाईटेड फाईनान्स १६७ ३.७३
५ कावेली बिकास बैंक २२४ ३.७०
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ वेष्र्टन डेभलपमेन्ट बैंक २३१ ९.७६
२ हिमालयन डिष्ट्रिलरी १२७० ६.८२
३ कन्काई बिकास बैंक १३१ ३.७३
४ कालिका माईक्रो क्रेडिट १३४१ ३.५२
५ लक्ष्मी लघुबित्त बित्तीय संस्था १०८८ ३.४६