शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

सोमबार, असार २५ २०८०

गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोड बस्ने ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बोहरा समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।