शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, असार २५ २०८०

१७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बुलाई आइतबार राति प्रहरीले पकराउ गरेको छ । लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडी बासघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।