बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय झण्डा ओढाएर गायक रविन तामाङलाई श्रद्धाञ्जली

आइतबार, असार २४ २०८०

काठमाडौं । दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए ।

नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले पनि उनको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उपस्थित अन्य कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति श्रद्धासुमन व्यक्त गरे ।