काठमाडौं असार, २५–
पञ्जाब नेशनल बैंक भारतको संयुक्त लगानीमा चलेको एभरेष्ट बैंकको घोटाला प्रकरणबाहिर आएको छ । २०७२ सालको भूकम्प गएपछि लाजिम्पाटस्थित केन्द्रीय कार्यालय चर्किएको थियो । सो भवन मर्मतसम्भारका नाउँमा ७ करोड घोटाला भएको खबर छ ।
डलर अपचलन काण्डमा २०५० सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारको कारबाहीमा नपरी उन्मुक्ति पाएका बैंकका अध्यक्ष विके श्रेष्ठ र सिइओ सोमेश्वर सेठलाई कमिसन दिई सो बैंक ३ बर्षसम्म कोठा र भुइँबाट संचालनमा थियो ।
भूकम्पले भवन पूर्ण रुपमा क्षति नपु¥याए पनि रेट्रोफिटिङ गरि खर्चभन्दा ४ गुणा बढि रकम देखाइ मिलेमतोमा जनताको पैसा झ्वाम पार्ने कार्य भएको हो । सोही काण्डलाई लिएर विके श्रेष्ठ र मेनेजमेन्ट टीमबीच अहिले ठुलो टकराव आएको छ । कर्मचारी युनियनले संचालक समिति र सिइओमाथि प्रश्न उठाउने र बैंकको दैनिक कामकारबाही धराशयी बन्दै गएको छ ।
बैंकका यसअघिका डेपुटी जनरल मेनेजर राधेश गौतमको सेटिङमा २ करोडमा रेट्रोफिटिङ हुने घरलाई ९ करोड खर्च देखाइ घोटाला भएको स्रोतको दावी छ ।
भूकम्प गएलगतै सो भवन मर्मतसम्भार गर्न २ करोड रुपैयाँ भए पुग्नेमा गौतमले ८ करोडको खर्च देखाइ सिइओलाई गुमराहमा राखी चरम घोटाला गरेका थिए । बैंकका २–४ जना स्टाफलाई ललिपप देखाइ बैंकको संस्थागत सुशासनमा समेत खलल पु¥याई अहिले जागिर छोडी भारत पसेका छन् । बैंकको अर्को आफ्नै भवन भने विराटनगरमा पनि अवस्थित छ ।
ऋणको मुख्य हाकिम रहि काम गर्दै आएका गौतमले आफ्नो मर्यादा नाघेर सिइअेलाइ झुक्याएर आफ्नो हातमा जनरल एडमिनिस्टर डिपार्टमेन्टको समेत जिम्मा लिइ टेन्डर आफुखुशी दिएका थिए । सोविरुद्ध बैंकका कर्मचारी उत्रिएपछि उनी भारत नभागी सुख पाएका थिएनन् । भ्रष्टाचारविरुद्धमा कर्मचारी युनियन रेट्रोफिटिङका नाममा भएको घोटालाविरुद्ध उत्रिएको छ । बैंक धराशयी हुनबाट बचाउन कर्मचारी युनियन भने प्रयत्नशील छ ।
अकुत सम्पति आर्जन र भ्रष्टाचारको कुरा बाहिर आउँदा पञ्जाब नेशनल बैंक केहि बर्ष पहिले भारतमै हिरा काण्डमा फसेको थियो । सो बैंक अहिले भारतमा धराशयी बैंकको रुपमा परिचित छ । हीरा घोटालामा फसेको पञ्जाब नेशनल बैंकले अहिलेको खराब कर्जा १० प्रतिशत भन्दामाथि रहेको बुझिएको छ । सोही बैंकको साझेदार रहि चलेका एभरेष्ट बैंकको हविगत पनि त्यहि हुन सक्छ । यसका अध्यक्ष विके श्रेष्ठ नाम चलेका व्यापारीका रुपमा चिनिन्छन् ।
२०५० सालमा मोहन गोपाल खेतान, विके श्रेष्ठ अवैध डलर हुण्डी कारोबारमा मुछिएका व्यक्ति हुन् । तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काखी च्यापेपछि विकेले मोहन गोपाल खेतानलाई जेल हाली आफू सिक्किम तिर भागेका थिए । उनले अहिले आफ्नो लगानी र नेपाली पैसा भारत नै लैजाने गरका छन् । तिनै विके अध्यक्ष रहेको बैंकले अहिले लक्ष्मी बैंकलाई मर्ज गराएर आफु हालिमुहाली गर्न तयारी अवस्थामा छन् । बैंकको यसभन्दा अघिको ठुलो काण्ड भने जनमानसमा ताजै छ । सो काण्ड हो ठमेल शाखाबाट भएको डलर अपचलन काण्ड । यस्ता विभिन्न काण्ड बैंकमा नपरेका होइनन् । तर नेपालको बैंकिङ क्षेत्रलाई रेगुलेट गर्ने संस्था भने यो विषयमा कुनै कारबाही गर्न चाहँदैन र सक्दैन पनि ।
ठमेल शाखाको डलर काण्ड राट्रबैंकलाई थाहा भएर पनि केही कारबाही गर्ने आँटसमेत गरको थिएन । पछिल्लो समय मलेसियाबाट हुने अवैध हुण्डी र डलर कारोबारमा बैंकले यताबाट पार्टीलाइ पेमेन्ट गर्ने र उताबाट पैसा नआउने मलेसिया चक्करमा फसेको स्रोतले बतायो । पछिल्लो धन्दा भने अहिले मलेसियाबाट चले पनि बैंकले आफ्नो लिनुपर्ने रकमसमेत लिन नसकेको बुझिएको छ । यी र यस्ता धन्धामा तल्लिन एभरेष्ट बैंकले सिइओ सोमेश्वर श्रेष्ठलाई र अहिलेका नयाँ डेपुटी जनरल मेनेजर राजीब जैन र घोटालाका नाइके राजेश गौतमको ठाउँमा आएका डेपुटी जनरल मेनेजर गिरिस कोलीलाई विभिन्न तवरले नियम मिचेर सुविधा प्रदान गरिरहेको छ ।
तलब सँगै घर, गाडी, भान्से, चालक र मोजमस्तीका नाममा भ्रमण भत्ता र केटीसमेत बिकेको सेटिङमा स्वाद चखाईरहेको बैंक विश्वस्त स्रोतले बतायो ।
अर्को आश्चर्य लाग्ने कुरा चाहिँ यिनै सिइयो र डेपुटी मेनेजरलाई बैंकले बोनससमेत दिँदै आएको छ । यो नियमविपरत हो । त्यसमाथि दशैं पेश्की समेत बुझ्ने गरेका छन् । २० प्रतिशत पञ्जाव नेशनल, ३० प्रतिशत पब्लिक र ५० प्रतिशत प्रमोटरको लगानी रहेको बैंकले इन्डियाबाट २० प्रतिशत सेयरधारी कर्मचारी ल्याएर नेपाली जनताको पैसामा र्याल काढीरहेका छन् ।
बैंकका एक प्रमोटरले नाम नखुलाउने शर्तमा भने, ‘नेपालमा एभरेष्ट बैंकले जे गर्दा पनि राष्ट्र बैंक नै डराउने र कारबाही केही नहुने सामान्य कुरा जस्तो भएको छ । कतिसम्म भने यस्ता महत्वपूर्ण विषयमा राष्ट्र बैंकको कुनै सोधपुछ पनि हुने गरेको छैन ।
देशको केन्द्रीय बैंककै हालत यस्तो भएपछि बिकेहरुको मनोबल कति उच्च होला त ? यसको जवाफका लागि लक्ष्मी बैंकसँगको मर्जरसम्म कुर्नै पर्ने हुन्छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।