शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

शुक्रबार, असार २२ २०८०

काठमाडौं – नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१७ ढोकिस्थित साना किसान कृषि सहकारी संस्थाको भवनमा रहेको एग्रेभेटमा बिजुली सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा बिउबिजन, औषधि, फर्निचर, कम्प्युटर १ थान गरी करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपइलिका–३ अधेरी आलडाँडा बस्ने ६९ वर्षीय हर्कराज राईको घरमा ग्यासको सिलिन्डर पड्किएर बिहीबार दिउँसो आगलागी हुँदा लत्ताकपडा, भाडावर्तन, अन्नपात लगायतका सामान पूर्णरूपमा जलेर करिब ६ लाख ९० हजार ४५ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।