बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अब पत्रकारको तलब ४० हजार !

सोमबार, असार २५ २०७५

२५ असार, काठमाडौं–नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ ।

महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वको टोलीले न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्यसचिव बालकृष्ण घिमिरेलाई आइतबार ज्ञापनपत्र बुझाउँदै पत्रकारको न्यूनमत पारिश्रमिक रु ४० हजार निर्धारण गरिनुपर्ने माग गरेका हुन् ।

यसअघि श्रमजीवी पत्रकारको तलब न्यूनतम रु १९ हजार ५०० रहेको थियो । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

ज्ञापन पत्रमा महासंघले राष्ट्र बैंकको पारिवारिक बजेट सर्वेक्षण, औसत पोषण, मूल्यवृद्धि, तथा तत्कालीन न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष खेम भण्डारी–समितिले प्रतिपादन गरेको सिद्धान्तलाई समेत ध्यानमा राखेर राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु ४० हजार हुनुपर्ने तथा श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नहुने सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको पारिश्रमिक रु ३० हजार हुने गरी माग राखेको छ ।

महासंघले पारिश्रमिक सिफारिस गर्दा तत्कालीन सुरेश आचार्य समितिले तय गरेको दरबन्दीको वर्गीकरण गरी सबै तहको न्यूनतम पारिश्रमिक प्रवेश तहको न्यूनतम पारिश्रमिकको अनुपातमै निर्धारण गर्नुपर्ने र न्यूनतम पारिश्रमिक पुनरावलोकन सिफारिश २०७५ साउन १ गतेदेखि लागू गर्न माग गरेको सचिव दाहालले जानकारी दिए ।