काठमाडौं – डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ डेकुथाङ भन्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्कस्थित प्रतिक्षालयमा गुल्मी धुर्कोट गाउँपालिका–३ घर भई बुटवलमा कवाड संकलन गरी हिड्ने ५५ वर्षीय कृष्ण गौतम बुधबार मृत अवस्थामा फेला परेका छन् ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर बस्ने ४१ वर्षीय गणेश पाठक सोही गाउँपालिका–५ सल्लेनी भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । गत शनिबार बिहान घरबाट खेतमा पानी लगाउन जान्छु भनि हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।