दाङ । गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु भएको छ।
तुलसीपुरबाट रोल्पा जाँदै गरेको बसमा राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा रा १ ख ८३४ नम्बरको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुँदा करेन्ट लागेर दुईजना यात्रुको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीका प्रवक्ता गोपाल श्रेष्ठले पुष्टि गरे।
उनका अनुसार घटनामा एकजना गम्भीर घाइते भएका छन् भने १८ जना सामान्य घाइते भएका छन्। करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका-४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको सल्यानको कपुरकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।