काठमाडौं – गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको ’केही त बोली देउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिक्रम साम्पाङको शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा ’स्माइल’ले संगीतवद्द गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा मोबिन सुब्बा र सुनिता डाँगी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।
भिडियोको सम्पूर्ण छायाँकन अमेरिकामा गरिएको हो जसलाई राज माझीले खिचेका हुन् । सुस्मिता राई सहायक निर्देशक रहेको भिडियोलाई बिक्रम साम्पाङको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ’न्यु क्रियशन प्रोडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।