बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सार्वजनिक स्थानमा प्रदर्शनमा रोक नलगाउः सर्वोच्च अदालत

शुक्रबार, असार २२ २०७५

काठमाडौं असार, २२–
सर्वोच्च अदालतले माइतीघर मण्डलासहित सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै सर्वोच्चले असार २९ गते यस विषयमा छलफलका लागि सरकार र रिट दायरकर्ता दुबै पक्षलाई  बोलाएको छ । 

स्थानीय प्रशासनले विरोध प्रदर्शन गर्ने ठाउँ तोक्दै माइतीघर मण्डला लगायतका ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले य कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।