बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

’नदेख्दा तिमीलाई’ को साथमा आए केकी र रञ्जन

सोमबार, असार १८ २०८०

काठमाडौं – गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको ’नदेख्दा तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यस गीतमा शब्द डि.पी खनालको रहेको छ भने संगीत नबिन कार्कीको रहेको छ । गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नायिका केकी अधिकारी र रञ्जन कोइराला बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । रशिका कोइरालाको प्रस्तुति रहेको यस भिडियोलाई राजिव समरको निर्देशनमा तयार पारिएको हो ।

नरेश कोइराला निर्माता रहेको यस गीतको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई दर्शक सोर्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।