बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मञ्जुुश्री फाईनान्सको १० औं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, असार २२ २०७५

काठमाडौं असार, २२–
मञ्जुश्री फाइनान्स लिमिटेडले १० औ वार्षिक साधारण सभा सम्पन्न गरेको  छ । फाईनान्सले असार २० गते थापागाँउ व्याङकेट, नयाँबानेश्वरमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 
साधारणसभाद्वारा आ.व. २०७३÷०७४ को लागि प्रस्तावित पाँच दशमलव ७१ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि शुन्य दशमलव ३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय पारित गरिएको छ ।  फाईनान्सको यसअघि सम्मको चुक्त पूँजी ७६, करोड पाँच लाख ९७ हजार पाँच सय रुपैयाँ रहेकोमा बोनस शेयर पश्चात चुक्ता पुंजी ८० करोड ४० लाख ६० हजार दुुई सय १० रुपैयाँ पुुगेको छ । फाइनान्सले हाल सम्म छ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाईनान्सको केन्द्रिय कार्यालय, नयाँबानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा र बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको छ । फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स तथा जिवन बिमा सुविधा उपलव्ध गराउदै आएको छ ।