बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनता बैंकद्वारा जुम्लामा तीन दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शुक्रबार, असार २२ २०७५

काठमाडौं असार, २२–
जनता बैंक नेपाल लिमिटेडको आयोजनामा देशको अति विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तर दायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा जुम्ला जिल्लाको तातोपनी गाउँपालिकामा यहि २०७५ आषाढ १६, १७ र १८ गते बृहत स्वास्थ्य शिविर संचालन गरिएको हो । तातोपानी गाउँपालिकामा यहि २०७५ बैशाख देखि जनता बैंकको शाखा संचालनमा रहेको छ । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
आँखा परिक्षण तथा मोतिबिन्दुको अपरेशन, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएकोमा कूल ११४५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । जसमा करिव १००० जनाको आँखा परिक्षण गरिएकोमा १०० जना भन्दा बढीमा मोतिबिन्दुको समस्या देखिएको थियो । सो मध्ये मोतिबिन्दुले ग्रस्त भइ सकेका ४९ जना विरामीको निःशुल्क अपरेशन गरिएको थियो साथै विरामीहरुलाई आवश्यक औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको थियो । विरामीहरुको विपन्न आर्थिक अवस्थालाई मध्ये नजर गरी अपरेशन गरेका विरामी तथा कुरुवाको लागि खाने, बस्ने र यातायातको व्यवस्था बैंकलेनै गरिदिएको थियो । 
सोही अवसरमा जनता बैंकको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई विभिन्न प्रकारका रु. ५० हजार मूल्य वरावरको औषधि हस्तान्तरण गरियो । तातोपानी गाउँपालिकाका अध्यक्ष श्री नवराज न्यौपाने मार्फत तातोपानी शाखाका शाखा प्रबन्धक श्री बिनोदकुमार आचार्यले उक्त औषधिहरु हस्तान्तरण गर्नुभएको थयो । औषधि हस्तान्तरणको अवसरमा गाउँपालिकाका अध्यक्ष श्री न्यौपानेले ८ वडामा विभाजित गाउँपालिकाका अन्य वडाहरुमा पनि आँखा सम्बन्धि समस्या रहेकोले वडा स्तरमा पनि आँखा शिविर संचालनको लागि अनुरोध गर्नुभएको थियो