प्यूठान असार, २२–
प्यूठान जिल्लाको जिल्लाको एक विद्यालयमा दैनिक विद्यार्थी बेहोस हुन थालेका छन् । जिल्लाको गौमुखीस्थित अमृत जीवन माध्यमिक विद्यालय नारिकोटका विद्यार्थी दैनिक बेहोस हुन थालेपछि पठन पाठन नै प्रभावित हुन थालेको छ ।
शिक्षकले पढाइ रहेका बेला कक्षा कोठामा विद्यार्थी एक्कासि बेहोस भएर ढलेका थिए ।
शिक्षक सन्तोष पोख्रेलका अनुसार विद्यालयमा पठनपाठन भइरहेको बेला दैनिक विद्यार्थी बेहोस हुने तथा भुत आयो आयो,नाई जाँदिनभनेर कराउँदै छात्र छात्रा अचेत हुने गरेका छन् ।
७ कक्षा भन्दामुनि अध्ययनरत ७ देखि १५ वर्षका छात्रा दैनिक १र२ घण्टासम्म बेहोस हुने गरेको उनले बताए । यस अघि पनि कक्षा ३ कि ९ वर्षकि छात्रा विमला बिक अचेत भएकी थिइन ।
पछिल्लो दुई सातायता दिनहुँ चार पांचजनाको संख्यामा विद्यार्थी बेहोस भएको पोख्रेल बताउँछन् । बेहोस हुनेमा अधिकांश छात्रा रहेको उनले जनाए । धेरै जसो बालबालिकाहरु ७ वर्ष देखि १४ वर्ष उमेर समूहका छन् ।
कक्षामा पढदा पढदै छात्राले एक्कासि भुतआयो आयो भनेर चिच्याउने र अचेत हुने गरेको शिक्षक पोख्रेलले बताए । घरबाट बिध्यालय आउँदाबिद्यार्थी ठीकै हुने गरेको उनले बताए ।