बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गंगामायालाई भेट्न विर अस्पतालमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, भेटेपछि दिईन यस्तो प्रतिक्रिया

बिहिबार, असार २१ २०७५

काठमाडौं असार, २१–
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनसनमा रहेकी गंगामाया अधिकारीलाई भेटेकि छिन् । उनले गंगामाया अधिकारीलाई ‘साहसकी पराकाष्ठा’ को संज्ञा समेत दिएकी छिन् । 
 
पूर्वप्रधानन्यायाधीश कार्की गंगामायालाई भेट्न बिहिबार वीर अस्पताल पुगेकी हुन् । 

पूर्वप्रधानन्यायाधीश कार्कीले वीर अस्पतालको आइसियूमा राखिएकी गंगामायाको स्वास्थ्य अवस्था बुझेपछि उनले गंगामायाको न्यायको माग गरेकी छन्।
 
द्वन्द्वकालमा हत्या गरिएका छोराको हत्यारालाई कार्वाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था जटिल भएपछि आइसियूमा राखिएको छ।

पूर्वप्रधानन्यायाधीश कार्कीले सर्वोच्चले गरेको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरिन्।