बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जटिल बन्दै डा. केसीको स्वास्थ्य अवस्था, चिकित्सक संघले दियो यस्तो चेतावनी

बिहिबार, असार २१ २०७५

जुम्ला असार, २१–
 डा गोविन्द केसीको स्वास्थ्य अवस्था स्थीर रहेको छ । स्वास्थ्यमा गम्भिर समस्या उत्पन्नभएपछि  उपचारका लागि बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएका डा केसीको स्वास्थ्य स्थीर रहेको डा प्रविण गिरीले जानकारी दिए । 

गएको शनिबारदेखि आमरण अनसनरत डा केसीलाई निषेधित क्षेत्र घोषणा गरी फोहर र दुर्गन्धित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा बस्न दिइएको थियो । त्यहाँ डा केसीलाई स्लाइनसमेत चढाउन मिलेको थिएन । 

डा केसीका सहयोगीहरुले बुधबार अपरान्ह स्वास्थ्य गम्भीर भएपछि  निषेधित क्षेत्र तोडेरै एम्बुलेन्समा अस्पताल पुर्याइएको थियो । डा गिरीले मुखबाट खाना नखाएकाले डा केसीको स्वास्थ्यमा सुधार आउन समय लाग्ने बताए । 

चिकित्सक संघको कडा चेतावनी 
डा केसीको जीवनरक्षाको माग गर्दै मंगलबारदेखि इमरजेन्सी बाहेकका सेवा ठप्प गरेका कर्णालीका चिकित्सकहरु बिहिबारदेखि काममा फर्केका छन् । नेपाल चिकित्सक संघ कर्णाली शाखाले तत्कालका लागि आन्दोलन स्थगित गरेको जनाएको छ । कर्णाली शाखाले नेपाल चिकित्सक संघको केन्द्रबाट जस्तो किसिमको निर्देशन आउँछ त्यसै गर्ने भन्दै आन्दोलन स्थगित गरेको जनाएको छ ।  हुन् । 

यता केन्द्रले पनि विज्ञप्ति जारी गरी कर्णालीको आन्दोलनन तत्कालका लागि स्थगित भएको जनाएको छ । उसले गोविन्द केसीका मागमा सरकारले पूरा गर्न आनाकानी गरे खरो भएर उत्रने चेतावनी दिएको छ ।  

संघले डा केसीको जीवनरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोग गुहारेको छ । पटक–पटक आवाज उठाउँदा पनि केसीको जीवनरक्षाका लागि सरकार अग्रसर नदेखिएको भन्दै संघ आयोग र संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय पुगेको हो । 

सरकारले डा केसीको आमरण अनसनलाई निस्तेज पार्ने योजना बनाएको बुझिएको छ । गृहमन्त्री रामबहादुर थापाले जहाँ पायो त्यहीं आन्दोलन र अनसनमा बस्न नमिल्ने प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा जवाफ दिएका थिए । तर उनले सरकार छलफलका लागि तयार रहेको बताएका छन् । 

सरकार आफू अनुकुल चल्न खोजिरहेको छ । डा केसीले माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने र माथेमा आयोगको प्रतिवेदनलार्य अक्षरस पालना गर्न पनि माग गरेका छन् । 

डा केसी १५ औं पटक आमरण अनसन बसिरहेका छन् । गरिबका छोराछोरीले पनि पढ्न पाउनु पर्छ भनेर आवाज उठाउने केसीका माग जायज भन्दै जनमानसमा पनि केसीप्रति ऐक्यवद्धता बढ्न थालेको छ । 

सरकारले भने केसीका मागमा कुनै तुक नभएको बताउँदै आएको छ ।