बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भन्सार छलिको सामानसहित मोटरसाइकल नियन्त्रणमा

आइतबार, असार १० २०८०

काठमाडौं – कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ भुजेलाघाटस्थित सीमा ईलाकाबाट आईतबार सशस्त्र प्रहरीले चार लाख १७ हजार आठ सय २० रुपैयाँ बराबरको भन्सार छलिको सामान र एउटा मोटरसाइकल नियन्त्रमा लिएको छ ।

प्रतावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (बिओपी गड्डाचौकी) कञ्चनपुरले उल्लेखित मूल्य बराबरको हार्डवयर र किराना सामानसहित म २ प ६४७४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

बरामद सामान र नियन्त्रण लिइएको मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।