काठमाडौं असार, १९–
आज मंगलबार नेप्सेमा करेक्सन देखिएको छ । आज नेप्से सुचक तथा सेन्सिटिभ दुुबै बढेका छन् । नेप्से शुन्य दशमलव ६५ अंकले बढेर ११ सय ८० दशमलव ३६ अंकम कायम रहेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव २२ अंकले बढेर दुुई सय ४८ दशमलव २५ अंकमा चढेको छ । कुुल एक सय ६२ कम्पनीहरुको तीन हजार तीन सय ६५ वटा कारोबारमा नौ लाख १५ हजार एक सय ३६ कित्ता सेयर खरिद बिक्री हुुँदा कारोबार रकम २१ करोड ८१ लाख ९८ हजार नौ सय ९८ रुपैयाँ पुुगेको छ । आज नौ वटा समुहको कारोबार हुुँदा चार वटा समुहले गुुमाएका छन् भने पाँच वटाले कमाएका छन् ।
वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ५३ अंकले बढेर एक हजार दुुई दशमलव ७९ अंकमा चढेको छ भने कारोबार रकम आठ करोड ८२ लाख ६९ हजार पाँच सय रुपैयाँ पुुगेको छ । फाईनान्स समुहको सुचक एक दशमलव ९८ अंकले बढेर छ सय छ दशमलव ७३ अंकमा पुुगेको छ भने कारोबार रकम २७ लाख ३६ हजार दुुई सय २० रुपैयाँको कारोबार भएको छ । होटल र अन्य समुहको सुचक पनि आज सामान्य अंकले बढेर हरियो देखिएको छ । बिकास बैक समुहको सुचक भने आज शुन्य दशमलव १६ अंकले घटेर १३ सय ८७ दशमलव ३० अंकमा पुुगेको छ भने एक करोड ७० हजार एक सय रुपैयाँको सेयर कारोबार भएको छ । बीमा समुहको सुचक पनि २८ दशमलव ६७ अंकले घटेर पाँच हजार आठ सय ८१ दशमलव ४४ अंकमा झरेकोमा तीन करोड ८६ लाख २४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
यस बाहेक लघुबित्त र जलबिद्युुत समुहको सुचक पनि घटेका छन् । आज कमाउने र गुुमाउने कम्नीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ लक्ष्मी बैंक २६० ४.८४
२ रिडी हाईड्रो पावर कम्पनी १२५ ४.१७
३ जेविल्स फाईनान्स १०५ २.९४
४ नेशनल माईक्रो फाईनान्स २१५० २.९२
५ बैंक अफ काठमाडौ २५७ २.३९
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ रैराङ हाईड्रो पावर लिमिटेड १८३ ९.८५
२ हाथ्वे फाईनान्स १२३ ६.०१
३ उन्नती माईक्रो फाईनान्स १८०१ ४.६०
४ अरुण भ्याली हाईड्रो पावर कम्पनी १४६ ४.५७
५ सप्तकोशी डेभलपमेन्ट बंैक ११४ ४.२०