कैलाली असार, १९–
मंगलबार बिहान कैलालीको टीकापुर अस्पतालमा अचम्मका शिशुको जन्म भएको छ ।
टीकापुर अस्पताल नजिकै रहेको कमैया शिविरकी २२ वर्षीया शान्ति चौधरीले आफ्नो त्यस्तो अनौठो शिशुलाई जन्म दिएकी हुन् ।
उनले पहिलो सन्तानको रुपमा जन्माएको उक्त बालकको चार हात, चार खुट्टा दुईवटा मेरुदण्ड रहेका छन् ।
अस्पतालका डा. नरेन्द्र खनालले करिब १ महिना अगाडि चेकजाँचका लागि आएको बेला आफूले भिडियो एक्सरे गर्दा नै बच्चा यो अवस्थामा रहेको जानकारी दिएको बताए ।
तर, परिवारले विश्वास नगरेर अन्यत्र चेकजाँच गराएको उनले बताए । उनले सोमबार राति ११ बजेतिर चौधरीलाई व्यथा लागेर अस्पताल ल्याएको भएपनि मंगलबार बिहान ६ बजे मात्रै ६ महिनाको गर्भमा रहेको शिशुको जन्म भएको बताए । डा. खनालको अनुसार शिशुको अवस्था नाजुक तथा आमाको अबस्था सामान्य छ ।