बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो रह्यो बाबुरामको धान दिवसः गृहजिल्ला गोरखामा हलो जोत्नेदेखि बीउ काढ्नेसम्म

शुक्रबार, असार १५ २०७५

काठमाडौं असार, १५–
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डां बाबुराम भट्टराई राष्ट्रिय धान दिवस अन्तर्गत गृह जिल्ला गोरखाको रापाईंमा सहभागी भएका छन् । असार १५ गते अर्थात धान दिवसका दिन डा. भट्टराई गोरखा पुगेर बीउ काढ्ने, बाउसे गर्नेदेखि गोरु जोत्नेसम्म सहभागी भएका हुन् । 

डा. भट्टराई जिल्लाको सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए ।  उनी टिसर्ट र हाफपेन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।
उनी शुक्रबार नै गोरखाको सिरानचोकमा नेपाल समाजवादी किसान महासंघको राष्ट्रिय भेलामा समेत सहभागी हुने किसान महासंघका प्रदेश ४ का इन्चार्ज विपिन ढकालले बताए ।

रोपाईं पश्चात बोल्दै भट्टराइले कृषि प्रधान देश भएकाले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए । बिचौलियाको अन्त्य गर्दै किसानहरुको हक अधिकार सुनिश्चित हुनुपर्ने उनले भनाइ राखे । भट्टराइ आज गृह जिल्लामै बस्ने कार्यक्रम रहेको छ ।