बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केटाकेटीलाई हाउगुजी देखाउनु र लोकतन्त्र जान्छ भन्नु उस्तै होः प्रधानमन्त्री ओली

शुक्रबार, असार १५ २०७५

काठमाडौं असार, १५–
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र खतरामा छ’ भन्दै भ्रम छर्ने काम गरेकोमा आपत्ति जनाएका छन् ।  उनले प्रतिपक्ष दल कांग्रेसतर्फ  संकेत गर्दै अधिनायकवाद आउछ भन्ने उनीहरुको थेगो मात्रै भएको बताएका छन् । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताए ।

उनले चैनेकेरे, माने भन्ने जस्तो थेगो  र ‘अधिनायकवाद आउँछ’ भन्ने उस्तै भएको बताए । 
सरकार लोकतन्त्र प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र जान्छ कहाँ ?  लोकतन्त्र जान्छ भने आउँछ के ? जनताको जागरण, एकता र ठूलो संघर्षबाट आएको लोकतन्त्रलाई कुन तागतले यसलाई पन्छाउन सक्छ ।’

लोकतन्त्र कसैले किस्तीमा सजाएर दिएको वा अरुको पसिनाले नआएको भन्दै प्रधानमन्त्री ओलीले  ले त्यसका लागि ४५/५० वर्षदेखि लागेका घाउका खतहरु अझै रहेको बताए ।

२०३६ सालको जनतन्त्र संग्रह ताका केटाकेटी रोयो भने पनि ‘चुप लाग चुप लाग, जनमत संग्रह भाँडिन्छ’ भन्ने गरिएको सुनाउँदै भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केटाकेटीलाई हाउगुजी देखाए जस्तो लोकतन्त्र जान्छ भनिएको छ ।