काठमाडौं असार, १५–
काठमाडौंको लामबगरमा यात्रुवाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान भएको बस दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे दुर्घटना भएको हो ।
दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । टिचिङमा उपचाररत १ जनाको अवस्था गम्भीर छ । दघुर्घटनामा परेको बस खोलामा खसेको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।