बुटवल असार, १३–
प्रदेश ५ को प्रदेश सभा वैठक प्रमुख प्रतिपक्ष दल कांग्रेको सहभागीता विनै शुरु भएको छ । यसअघि १ बजे बस्दै आएको वैठक आज १२ बजे नै शुरु भएको छ । नेपाली कांग्रेसले वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउदै आईरहेको छ । बुधबार कांग्रेसको अनुपस्थितिमानै प्रदेश ५ को प्रदेश सभा वैठक शुरु भएको हो ।
प्रदेश सभा बैठक शुरु भइरहदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।
बुधबारको बैठकको सुरुमा बोल्दै नेकपाका सांसदहरु भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको दाबी गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले वहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद वैठक सुचारु गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाएका छन् ।
उनले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समानुपातिक तरिकाले वजेट विनियोजन हुनुपर्ने जायज माग राख्दा पनि बेवास्ता र उपेक्षा गर्नुले सरकारको अधिनायकवादी चरित्र छर्लङ्ग भएको आरोप लगाए ।