बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बागमती पुलमुनी युवतीको शव फेला पर्यो

बुधबार, असार १३ २०७५

काठमाडौं असार, १३–
काठमाडौं टेकुको बागमती पुलमुनि एक युवतीको शव फेला परेको छ ।  बुधबार कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको हो । 

पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको  निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ । शवको प्रकृति हेर्दा  आजै राती मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक युवतीको  
 हातमा ‘आइलभ यु’ लेखेको ट्याटु देखिएको अपराध महाशाखाका डिएसपी रुगम कुँवरले जानकारी गराए । शवको पहिचान नखुलेको र त्यसबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।