काठमाडौं असार, १०–
गएको तीन दिनदेखि सुनको मूल्य घटबढ भएको छैन । सुनको मूल्य तीन दिनदेखि स्थिर रहेको छ । आइतबार (आज) सुन प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन भने ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहको छ ।