बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुन तस्करको आरोपमा व्यवसायी खेतान पनि समातिए

शनिबार, असार ९ २०७५

काठमाडौं असार, ९–
साढे ३३ किलो सुन प्रकरणमा तस्करीको आरोपमा पक्राउ पर्ने क्रम निरन्तर जारी छ । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा फेरि अर्का  व्यवसायी सञ्जय खेतान पक्राउ पनि पक्राउ  परेका छन् ।

केही दिनअघि पक्राउ परेका विमल पोद्दार समुहमा रहेर सुन तस्करीमा संलग्न खेतानलाई सुन तस्करीबारे छानविन गर्न गठित समितीले नियन्त्रणमा लिइएको बताइएको छ ।

छानविन समिती स्रोतका अनुसार सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग खेतान निरन्तर सम्पर्कमा थिए ।

अनुसन्धान समितिले यसअघि बिहिबार रेष्टुरेण्ट ब्यवसायी अकवर शाहलाई पक्राउ गरेको थियो ।

अकबर शाहले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेष्ट सञ्चालन गरेको समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चान गरिएको शाहले समितिसमक्ष बयान दिएका छन् ।

प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको तर यसअघी छिरीङसँग मिलेर अबैध सुनको कारोवार गरेको बयान दिएका छन् ।