बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

‘ओ मेरो राजा जी’ मा मोनिकाको राजा पुष्प

सोमबार, जेष्ठ २२ २०८०

नायक पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको अभिनयमा ‘ओ मेरो राजा जी’ बोल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ओ मेरो राजा जी’ बोलको भिडिओमा मोनिका बुढाथोकीको हट् अवतार देखिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा नायक पुष्प खड्काको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा रहेको ‘ओ मेरो राजा जी’ बोलको गीत सन्तोष सुनारकै शब्द तथा संगीतमा तयार गरिएको हो ।

भिडियोमा जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको छ । यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले निर्देशन गरेका हुन् । गीतमा केटा र केटीले एक अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको सुन्न सकिन्छ ।

भिडिओ